२०८१ वैशाख १३ गते | 25th of April 2024

बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लगिने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १८ गते १४:५३

काठमाडाैँ  – नेकपा सचिवालयकाे बैठकमा नेता बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले  जानकारी गराउनुभएकाे छ ।  बैठकमा  प्रधानमन्त्रीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट राष्ट्रपति समक्ष गाैतमकाे नाम सिफारिस गर्ने जानकारी गराउनुभएकाे श्रेष्ठले पत्रकारहरूलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे ।

सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाईसमेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *