२०८१ वैशाख ७ गते | 19th of April 2024

मानछिरिगं निर्देशित वृत्तचित्रले जित्यो अमेरिकामा ‘अलदारी अवार्ड’

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १८ गते २२:४०

न्यूयोर्क – हिमाली क्षेत्रको भेडी गोठालेको जनजीवनबारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म अ डे इन दि हिमालयन सेफर्डले अमेरिकाको सिकागोमा उत्कृष्ट प्रथम पुरस्कार जित्न सफल भएको छ ।

सिकागोमा गत अगष्ट २८ र २९ तारिखसम्म चलेको आलदारी अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा ‘अ डे इन दि हिमालयन सेफर्ड’ ले प्रथम पुरस्कार प्राप्त गरेको निर्देशक मानछिरिङ तामाङले बताए । निर्णायक मण्डलद्वारा उक्त डकुमेण्ट्री सो फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै सो बापत प्रदान गरिने ‘ अलदारी अवार्ड’ सहित उत्कृष्ट डकुमेन्टी फिल्म अवार्ड समेत गरी २ वटा जित्न जित्न सफल भएको हो । आयोजकले लसएन्जलसको एक फिल्म फेष्टिभलमा समेत आफनो वृत्तचित्र एक हप्तासम्म प्रदर्शन गर्न लागेको तामाङले जानकारी दिए ।

पत्रकारिता क्षेत्रमा समेत सकृय तामाङले र्निदेशनले गरेको वृत्तचित्र ‘अ डे इन दी लाइफ अफ अ हिमालयन सेफर्ड’ले अमेरिकाको विभिन्न फिल्म फेष्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड जित्न सफल भएको छ । उनले धादिङ जिल्लाको रुबी भ्यालीभेगको भेडापालनलाई आधार बनाएर २० मिनेटको सर्ट फिल्म बनाएका हुन्।

यसअघि पनि उनको सर्ट फिल्मले अमेरिकाको न्युजर्सीमा भएको ‘नेवार्क सर्ट फिल्म’फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री अवार्ड’ जितेको छ । यस्तै, गत वर्ष २०१९ को अगस्टमा सम्पन्न भएको टोरेन्टो सर्ट फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म’ र ‘बेस्ट म्युजिक’ अवार्ड हात पारेको उक्त डकुमेण्ट्रीले अमेरिकाकै ओहायोमा २०१८ मार्चमा आयोजित ‘कोलोनी इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल’मा ‘बेस्ट डकुमेन्ट्री’को फस्ट रनरअप पनि अवार्ड हात पारेको थियो ।

ट्रियोन इन्टरनेसनल फिल्म फेस्टिभल, सेट इन्टरनेशनल फिल्म फेष्टिबल लण्डन, हड्सन भ्याली फिल्म फेटिबल, न्यूयोर्क, कान्सस सिटी अण्डरग्राउन्ड फिल्म फेष्टिबल र अष्ट्रेलियन इन्डिपेन्डन इन्टरनेसनल फिल्म फेष्टिभललगायतमा उक्त वृत्तचित्र प्रदर्शन भैसकेको छ ।

२० मिनेटको उक्त सर्ट फिल्ममा धादिङको सेर्तुङका ४५ वर्षीय खरिमान तामाङको दैनिकीलाई छायांकन गरिएको छ, जो आफ्ना हजुरबुबा र बाबुको पदचिह्न पछ्याउँदै भेडापालनमा जीवन समर्पित गरिरहेका छन् । कठिन भूगोल र मौसमको चुनौतीसंग कहिले मितेरी लगाउँदै र कहिले जुद्धै खरिमान आफ्ना भेडाको स्याहारसुसार गर्छन् । र, जति नै गाह्रो भए पनि आफ्नो पेशामा गौरव महसुस गर्छन् । https://www.facebook.com/1663825422/posts/10220253849210758/?extid=MUCV51TCjf2w11tM&d=n

उनले भेडापालनबाटै पत्नी, दुई छोरा र एक छोरीसहितको परिवारको जीविकोपार्जन गरिरहेका छन् । ‘उनी एक यस्ता बाबु हुन्, जो आफ्ना सन्तानले आफ्नै पदचिह्न पछ्याउलान् या अरू नै पेसा, व्यवसायमा आबद्ध होलान् भन्ने द्विविधामा छन्,’ निर्देशक तामाङले भने, ‘ पुर्खाको निशानी र सन्ततिको भावी बिहानीलाई संयोजन गर्न खोजिरहेका छन् , खरिमान ।’ उनले त्यहॉको थुप्रै खरिमानहरुको जीवनलाई डकुमेण्ट्रीमा न्याय गर्ने प्रयाश गरेको बताए ।

निर्देशक तामाङ आफ्नो सर्ट फिल्मले पाएका अवार्डहरूमा गौरव गर्छन् र यसका माध्यमबाट हराउँदै गएको हिमाली भेगको पशुपालन व्यवसायको पक्षमा माहोल बनोस् भन्ने चाहन्छन् । ‘ तथापि, बढ्दो आधुनिकीकरणसँगै यो व्यवसाय असामान्य बन्दै गएको छ’। निर्देशक तामाङ भने, भेडागोठालाहरूका लागि केही राम्रो गर्न सकिएलाकी भन्नेमा आशा लागेको छ ।’


IMG_1159अति सुन्दर हिमाली भेग रुविभ्याली मुलकको संघीय राजधानी काठमाडौंबाट नजिक भएर पनि आधुनिक सुविधाहरूबाट वञ्चित छ । सोही परिवेशमा जन्मे, हुर्केका भएकाले पनि निर्देशक तामाङ आफ्नो फिल्मलाई जीवन्त बनाउन सफल छन् । संयोग त के भने बैभवशाली अमेरिकामासमेत आफ्नो प्रिय संस्कृतिको जगेर्ना गर्न संकल्पित उनका बाबु र हजुरबुबा पनि सोही क्षेत्रमा भेडापालनमा संलग्न थिए । फिल्मका माध्यमबाट नेपाली तामाङ समुदायको संस्कृति र परम्पराको सौन्दर्य विश्वसामु पुर्याउन तामाङको सोच छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *