२०८१ वैशाख १४ गते | 26th of April 2024

राजीनामाको तयारीमा अर्थमन्त्री खतिवडा , को बन्ला नयाँ अर्थमन्त्री ?

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ १९ गते ३:५५

काठमाडौं – अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिँदैछन् । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दियो ।

खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए । नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनले अर्थमन्त्रीमा निरन्तरता पाउने सम्भावना सकिएको हो । योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ ।

स्रोतका अनुसार अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे छन् । स्थायी कमिटी बैठकपछि मात्रै मुलुकले नयाँ अर्थमन्त्री पाउने स्रोतको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *