२०८१ वैशाख १२ गते | 24th of April 2024

नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई प्रमको निर्देशन, मन्त्रिपरिषद पुर्नगठनको तयारी

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २० गते २:०१

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा  बाहिर  आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले   हल्लाको पछाडि नलागी आत्मविश्वाससाथ काममा ध्यान दिन      मन्त्रिपरिषद् सदस्यहरूलाई   निर्देशन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  जानकारी दिनुुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको रूपमा राष्ट्रका लागि महìवपूर्ण भूमिका निर्वाह गरेकामा मन्त्रिपरिषद् सदस्य डा. युवराज खतिवडालाई धन्यवाद व्यक्त गर्नुभयो । बैठकमा मन्त्रीको हैसियतमा आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदै डा. खतिवडाले मुलुकको सेवा गर्ने अवसरप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।अर्थ तथा संचारको जिम्मेवारी समाल्नु भएका खतिवडाको राजिनामा पछि यि दुवै मन्त्रालय प्रधानमन्त्री स्वयमले राख्नु भएको छ । प्रधानमन्त्री ओलीले बैठकमा जे भने पनि मन्त्रि परिषद पुर्नगठन केही दिनमा हुने तयारी भएको श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *