२०८१ वैशाख ६ गते | 18th of April 2024

अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २१ गते १५:२४

अमेरिका  -हजारौँ अमेरिकीहरूले आफूले आदेश नगरेको बीउको प्याकेटहरू प्राप्त गरेको समाचार सार्वजनिक भएपछि ‘अनलाइन’ व्यापार गर्ने अमेरिकी कम्पनी ‘अमेजन’ले संयुक्त राज्य अमेरिकामा आयात गरिएको बीउको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकामा खासगरी चीनलगायत विदेशबाट आएका बन्द पोकाहरूभित्र माग नभएका शङ्कास्पद बीउका दाना भेटिएका विवरणपछि ‘अमेजन’ को यो निर्णय आएको बताइएको छ ।
“हामीले केवल अमेरिकी कम्पनीहरूबाट उत्पादित बीउको बिक्रीलाई अनुमति दिइरहेका छौँ,” विशाल अनलाइन बिक्री सेवा प्रदायक कम्पनीले शनिबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।
गत जुलाईको अन्त्यतिर अमेरिकी कृषि विभागले विदेशबाट माग नगरिएका बीउका पोकाहरू अमेरिकी कृषकहरूसम्म पुगेको जानकारी प्राप्त भएको र यस्ता बीउले अमेरिकी कृषि क्षेत्रलाई खतरा उत्पन्न गर्ने भन्दै त्यस्ता बीउ नलगाउन कृषकलाई निर्देशन गरेको थियो ।
शङ्कास्पद पोका (पाकेट)हरू खोलेर हेर्दा पुदीना, रायो, गुलाबलगायत विभिन्न १४ प्रजातिका साग तथा फूलको बीउ भेटिएको विभागले दाबी गरेको छ ।
कृषि विभागले १२ अगस्टमा जारी एक विज्ञप्तिमा भनिएको छ, “यस समयमा हामीसँग यो ‘बीउलाई विस्थापन गर्ने हौवा’ बाहेक अरु केही हो भन्ने कुनै प्रमाण छैन । कहिलेकाहीँ बिक्रेताहरूबाट केही यस्ता अनावश्यक चीजहरू प्राप्त हुन्छन् जसले बिक्रीलाई बढावा दिन गलत ग्राहक समीक्षा पठाइदिन्छन् ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *