२०८१ वैशाख १५ गते | 27th of April 2024

२६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउन नेकपाका दुई अध्यक्षबीच छलफल

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २२ गते १३:२५

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज बिहान छलफल भएको छ ।  २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने दुई अध्यक्षबीच छलफल भएको  छ  ।

कार्यदलले गत ६ गते प्रतिवेदन बुझाएपछि त्यसमा छलफल हुन बाँकी छ । सचिवालय बैठकमा छलफल भएपनि स्थायी कमिटीमा छलफल गरेर प्रतिवेदन परिमार्जनको माग पार्टी नेताहरूले गर्नुभएको छ । गत बिहीबार १८ गते बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जनको माग गर्नुभएको थियो । स्थायी कमिटी बैठकमा छलफल भएपछि त्यसमा परिमार्जनसहित पारित हुनसक्ने नेताहरूको भनाइ छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षबीचको बैठक बिहान ११ बजेसम्म चलेको थियो । यसअघि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदन र त्यसको कार्यान्वयनमा केन्द्रित भएर छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *