1

कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबार बिहानबाट सुरू

50 पटक पढिएको

नयाँ दिल्ली -कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबार बिहानबाट आफ्नो सेवा सुरू गरेका छन्। कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि संचालनमा आएको हो।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ।यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन्। भारतको केन्द्र सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरण अन्तगत सोमबारबाट त्यहाँ मेट्रो सेवाहरू पुनः सुरू भएका हुन्। भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो।मेट्रो सुरू भएपछि हुने सेवाग्राहीको सम्भावित भिडलाई नियन्त्रण र नियमन गर्न बिहानैदेखि मेट्रो स्टेशनहरूमा प्रहरीहरू खटाइएको छ। मेट्रो सेवा लिनेहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ भने सामाजिक दूरीलाईसमेत पालना गर्नुपर्नेछ।यस्तै मेट्रो प्रयोगका लागि अनलाइन रिचार्च गर्न मिल्ने स्मार्ट कार्डलाई अनिवार्य गराइएको छ भने यसअघि प्रयोगमा रहेको टोकन प्रणाली खारेज गरिएको छ।भारतले मेट्रो सेवालाई चरणबद्धरूपमा खोल्ने योजना बनाएको छ। त्यहाँको मेट्रो सेवा पहिले झै खुल्न भने केही समय लाग्नेछ।

तपाईको प्रतिक्रिया

काठमाडौं ।    नेपालमा कोरोना भाइरसबाट  आईतबार  थप १ हजार ५ सय ७३ जना संक्रमित भएका छन् ।.. ...

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै.. ...

   काठमाडौ -  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...