२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपालमा कोरोना भाइरसका ९०२ संक्रमित थपिए ,हाल सम्म ७ लाख  ८८हजार १७४ जनाको पीसीआर परीक्षण

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २३ गते ११:११

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९०२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा  संक्रमित थपिएको जानकारी दिए ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २८७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख  ८८हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।  देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा ८५ जना रहेका छन् ।पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *