1

मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न प्रधानमन्त्रीको निर्देशन

45 पटक पढिएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मनोचिकित्सकसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकको विशेष योगदान हुने बताउनुभयो ।प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो, “कोभिड–१९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ ।

यसमा मनोचिकित्सकले सक्रिय योगदान गर्नुपर्छ ।” प्रधानमन्धीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सो अवसरमा प्रा .डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा. डा. सरोजप्रसाद ओझा, प्रा. डा. दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेललगायत विज्ञले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपाय प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

काठमाडौं ।    नेपालमा कोरोना भाइरसबाट  आईतबार  थप १ हजार ५ सय ७३ जना संक्रमित भएका छन् ।.. ...

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै.. ...

   काठमाडौ -  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...