२०८१ वैशाख १४ गते | 26th of April 2024

काठमाडौ उपत्यकामा २१ दिनदेखि जारी रहेको निषेधाज्ञा बिहीबारदेखि खुकुलो हुने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २४ गते १४:४७

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा २१ दिनदेखि जारी रहेको निषेधाज्ञा बिहीबारबाट खुकुलो हुने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशअनुसार निषेध आदेशले जनजीवनलाई प्रत्यक्ष प्रभाव पारेकाले सहजीकरण गर्न लागिएको उल्लेख छ । राति १२ बजेदेखि भदौ मसान्तसम्म लागु हुनेगरी स्थानीय प्रशासनले नयाँ आदेश जारी गरेको छ ।

नयाँ आदेशअनुसार के के सञ्चालन गर्न पाइनेछ ?

१६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक सवारी चलाउन

ट्याक्सीमा चालकसहित ३ जना, परिवारका दुईजना बालबालिका पनि राख्न

मोटरसाइकल/स्कुटर चलाउन

बसमा एक लहरमा एकजना मात्रै राख्नुपर्ने

सार्वजनिक बस जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्नुपर्ने

औषधिपसल जुनसुकै समयमा सञ्चालन गर्न

खाद्यवस्तु, दूध, फलफूल, तरकारी, माछा/मासु पसल बिहान ११ बजेसम्म र बेलुका ५–७ बजेसम्म खोल्न

निर्माण सामग्री पसल दिउँसो २ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न

टेक अ वे सेवा दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न

सहकारी संस्थाहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्नसपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न

भाँडा र भान्साजन्य पसलहरु आइतबार, मंगलबार र शुक्रबार मात्रै खोल्न

फर्निचर, अटो मोवाइल सम्बन्ध पिसल सोमबार र बुधबार मात्रै खोल्न

फुटपाथ, पसल, ठेला व्यापार, स्टेशनी पसल, इलेक्ट्रिक, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४–७ बजेसम्म खोल्न पाइने

सवारी साधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न

अनलाइन कक्षा सञ्चालन गर्न

विदेश जाने व्यक्तिहरु आवतजावत गर्न

के के पाइँदैन ?

खुला स्थानमा भेला हुन

भिडभाड गर्न, सभा जुलुस गर्न

जात्रा, महोत्सव, भोजभतेर सञ्चालन गर्न

मठ मन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक पुजाबाहेकका गतिविधि गर्न

बढी भिड हुने उद्योग सञ्चालन गर्न

धार्मिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट

शैक्षिक संस्था सञ्चालन गर्न

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल सञ्चालन गर्न

कामदार ओसार पसार गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *