२०८१ वैशाख १३ गते | 25th of April 2024

भारतमा कोरोना संक्रमण जटिल बन्दै,प्रत्यक्ष असर नेपालमा पनि पर्ने

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २५ गते २:४३

काठमाडौं । छिमेकी  भारतमा कोरोना संक्रमण जटिल बन्दै गएको छ । दैनिक ९० हजार बढि संक्रमित थपिदै जाँदा यसको नियन्त्रण भारतलाई कठिन त हुने नै छ यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने देखिन्छ ।     लकडाउन–लुज डाउनको नीति अख्यिार गर्दै सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ हजार ७०६ कोरोना संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४३ लाख ७० हजार १२८ जनामा कोरोना संक्रमण देखिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ११५ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

खुल्ला सीमा भएका कारण नाकामा कडाई गरेपनि लुकिछिपी वा विभिन्न बाहानामा भारतवाट नेपाल प्रवेश गर्नेहरुको संख्या रोक्न कठिन हुने अवस्थामा संक्रमण नेपालमा सर्ने भएकाले नेपालले नाकामा थप सजगता अपनाउन जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *