२०८१ वैशाख १४ गते | 26th of April 2024

५० हजार कटे नेपालमा कोरोना संक्रमित

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २५ गते ११:१३

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार भन्दा बढी पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ छ। ८ हजार १० जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४ सय ३८ होम आइसोलेसनमा छन्।

११ हजार ४ सय ४४ जनाको आज पिसिआर परीक्षण भएसँगै ८ लाख १० हजार ४ सय ८५ जनाको परीक्षण भएको छ। हाल ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना निको भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *