२०८१ वैशाख १३ गते | 25th of April 2024

असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २५ गते १४:४७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रसँग सम्बन्धित चार प्रस्ताव सीसीएमसीमा पठाएको छ । मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव पठाएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको बताए । “मन्त्रालयले असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव गरेको छ । १ गते नै भएन भने पनि असोज १५ गतेदेखि खुला हुन्छ,” उनले भने । कोरोना संक्रमण कम भएका हिमाली एवं पहाडी क्षेत्रबाट आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न प्रस्ताव गरिएको उनले बताए ।यस्तै विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्न पनि प्रस्ताव गरिएको छ । तर, विदेशी पर्यटक नेपाल आउँदा कोरोना परिक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । मन्त्रालयले हिमाल आरोहण र पदयात्रालाई खुला गर्न अन्तर्राष्ट्रियतर्फको नियमित हवाई उडान संख्या थप्‍न पनि सीसीएमसीमा प्रस्ताव लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *