२०८१ वैशाख १२ गते | 24th of April 2024

तारा-किशन फाउण्डेशनद्वारा न्यूयोर्क फरेस्ट पार्कमा कविता वाचन

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २५ गते १५:५७

न्यूयोर्क – गत शनिवार सेप्टेम्बर ५ का दिन न्यूयोर्क स्थित फरेस्ट पार्कको खुल्ला अनि मनोरम प्राकृतिक वातावरणमा बनेको व्यवस्थित कार्यक्रम स्थलमा “नेपाली रचना वाचन” कार्यक्रम भव्य; सभ्य; र छरितो ढंगले सम्पन्न भयो । न त आशनग्रहण; न लम्बेतान मन्तव्य भाषण; न खादामाला । न्यूजर्सी; बोस्टन; न्यूयोर्कका साहित्य सर्जक एवं साहित्यप्रेमीहरुको उल्लेख्य संख्यामा शानदार उपस्थिति । कविहरुको छोटो मिठो कविता, गजल वाचन । खाजा र पानीको समुचित व्यवस्था । एउटा स्वच्छ अनि फरक अनुभूतिमा उत्कृष्ट कार्यक्रम । कवि किसनसिंह धामी र उहाँको जीवनसंगिनी तारा धामी आबद्ध तारा किशन फाउण्डेशनले आयोजना गरेको यो रचना वाचन कार्यक्रममा राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे प्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो । No description available.कोरोना कहरको त्रासले आक्रान्त समुदायको मनमा रहेको “यो कार्यक्रम कसरी सम्भव र सम्पन्न होला ?” भन्ने आशंकाको बादललाई पनि मज्जाले हटाई दियो । सम्भव हुनसक्दो रहेछ भन्ने कुरा छ्याङ्ग पारिदियो । धेरैले भने – “किसनसिंह धामीले गर्छु भनेपछि गरिकन छाड्दो रहेछ ।”

No description available.

चट्टानमा पनि फूल फूल्दछ भनेको यहि हो सायद !
यस अघि पनि न्यूयोर्कमा कवि किसनसिंह धामीको अवधारणा र सक्रियतामा नौलो शैलीको कार्यक्रम “फर्मल ड्रेसमा कविता वाचन” सफलतापूर्वक सम्पन्न भएको थियो । यी कार्यक्रमहरु हेर्दा आगामी दिनहरुमा कवि किसनसिंह धामीले आयोजना गर्नु हुने साहित्यिक कार्यक्रममा कोही छुट्नु हुने छैन भन्ने कुरामा आश्वस्त हुन सकिन्छ । कार्यक्रमको शुभारम्भमा हालै दिवंगत हुनुभएका राष्ट्रकवि माधव घिमिरेज्यू प्रति श्रद्धांजली व्यक्त गर्दै सबै उठेर एक मिनेट मौन धारण गरिएको थियो । सो कार्यक्रममा तारा किसन फाउण्डेशनका किसनसिंह धामीले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो भने तारा धामीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

No description available.

फाउण्डेशनको प्रशंसा र उत्तरोत्तर प्रगतिको कामना गर्दै तथा राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रति श्रद्धा सुमन व्यक्त गर्नुहुदै संचारकर्मी शैलेश श्रेष्ठ; समाजकर्मी राजेश भट्ट; नवराज केसी; सिपिए विराज रिजालले बोल्नु भएको थियो । नेपाली रचना वाचन अन्तर्गत कविहरु गोवर्धन पूजा; गीता खत्री; आनन्द श्रेष्ठ; महेश्वर पन्त; किसनसिंह धामी; गीता पन्थ; दीपा राई पुन; नदिया लिबाङ; जसकुमार राई; विकास विष्ट; मणि बांग्देल; जानुका वस्ति ढकाल; संगीता उप्रेती रिजाल; विजया सिमखडा; ज्योतिकुमार श्रेष्ठ; कुमार न्यौपाने; योगेश आदी; शान्ता घिमिरे; नवराज खडका; हंसराज जोशी; पुष्प अधिकारी गौतम; हेमन्त ब्रम्ह; विष्णुहरी भण्डारी; दीपेन्द्र बस्याल; विराज रिजाल; अर्जुन मैनाली; आरती धामी; सुहाना गुनीले रचना वाचन गर्नु भएको थियो ।No description available.

कार्यक्रममा उपस्थित हुन नसक्नुभएका कविहरु डा. मधु माधुर्य; पदमा लिंखा मगर; ममता कर्माचार्यको कविताहरु वाचन गरेर सुनाईएको थियो । कार्यक्रमको संचालन कवि मणि बांगदेलले कुशलतापूर्वक गर्नु भएको थियो ।

ज्ञातव्य रहोस् – तारा किसन फाउण्डेशनले केही वर्षहरु देखि नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्दै नेपाली समाजमा पिछडिएका जाति; वर्ग; महिला पुरुष तथा बालबालिकाहरुको सहयोगमा क्रियाशील भएर जुट्ने काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *