२०८१ वैशाख १४ गते | 26th of April 2024

बालुवाटारमा बसेको सत्तारुढ दलको बैठक सकियो, के आयो निष्कर्ष ?

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २४ गते ६:५३

काठमाडौं २४ असार । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सत्तारुढ दलको बैठक भर्खरै सकिएको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको सहभागीता रहेको थियो ।

संसद्‍मा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बैठक बसेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएको छ । छलफलमा कांग्रेस र माओवादीले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए भने राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावमा आफूहरु सकारात्मक रहेको जानकारी दिएका थिए।

को को सहभागी थिए बैठकमा ?
शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्ने समझदारी भएपछि आजको बैठक आह्वान गरिएको हो।
बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *