1

काठमाडौमा एकै दिन ६ सय २० जना नयाँ संक्रमित थपिए

23 पटक पढिएको

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा आज थप १ हजार ४ सय ५४ जना संक्रमित भएका छन् ।मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आज १० हजार ७ सय १ वटा नमूना परीक्षण गर्दा १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।आज ४६ जिल्लाका ४ सय ६३ जना महिला र ९ सय ९१ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको काठमाडौमा आज एकै दिन ६ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौ जिल्लामा मात्रै आज १ सय ९४ जना महिला तथा ४ सय २६ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यसैगरी उपत्यकाका बाँकी २ जिल्लाहरू भक्तपुर तथा ललितपूरमा आज ३८/३८ जना नयाँ संक्रमित थपिएका छन् ।यस्तै रुपन्देहीका १ सय २ जना, चितवनका ७४ जना, कैलालीका ६७ जना र मकवानपुरका ५४ जनामा संक्रमण पुष्टि भएको छ ।बाँकी जिल्लाहरूमा भने आज थपिने संक्रमितको संख्या ५० भन्दा कम रहेको छ ।आज थप ९ सय ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।नेपालमा हाल सम्म ३६ हजार ६ सय ७२ जना संक्रमण मुक्त भएको र निको हुने दर ७० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।देशभरीमा गरी आज १४ हजार ९ सय २५ जना संक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ६ हजार ६ सय ३४ जना होम आइसोलेसन तथा ८ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी गम्भीर लक्षण भएका १ सय ७० जना संक्रमितको आईसियुमा र २५ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।यस्तै आज थप ५ जनाको मृत्यु भएपछि हाल सम्म कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।आज मोरङकी एक महिला तथा महोत्तरी, धनुषा, काठमाडौ र नवलपरासीमा १–१ जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौं ।    नेपालमा कोरोना भाइरसबाट  आईतबार  थप १ हजार ५ सय ७३ जना संक्रमित भएका छन् ।.. ...

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै.. ...

   काठमाडौ -  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...