२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालमा संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुग्यो ,संक्रमणपछि मृत्यृ हुनेको संख्या ३ सय ६०

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २९ गते १४:१७

काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौ उपत्यकाका ८ सहित १५ जनाको मृत्यृ भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमणका कारण काठमाडौका उपत्यकाका ८ जना सहित १० पुरुष र ५ महिलाको मृत्यृ भएको जानकारी दिनुभयो । योसँगै संक्रमणपछि मृत्यृ हुनेको संख्या ३ सय ६० पुगेको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

संक्रमणबाट काठमाडौका ६ जना, भक्तपुरका र ललितपुरका १–१ जना, मोरङका २ जना, रामेछाप, गोरखा ,नवपरासी, पर्सा र कपिलवस्तु जिल्लाका १–१ जनाको मृत्यृ भएको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो । आज थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै हाल सम्म संक्रमित हुनेको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ७८ जनामा रियल टाइम पिसीआर परिक्षण गर्दा आज ७ सय ७१ पुरुष र ३ सय ९९ महिलामा संक्रमण पुष्टि भएको प्रा.डा जोगेश्वर गौतमले बताउनुभयो ।यस्तै आज थप ८ सय ७९ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।मन्त्रालयका अनुसार आज देशभर संक्रिय संक्रमितहरुको संख्या १५ हजार ३ सय ९३ जना रहेको छ भने देशभर संस्थागत आइशोलेसनमा ८ हजार एक सय १८ जना र होम आइशोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन् ।यस्तै संक्रमितहरुमध्ये १ सय ७९ जनाको आइसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल ५ सय भन्दा बढी संक्रमितहरु उपचारमा रहेका जिल्लाहरु काठमाडौ र भक्तपुर सहीत चितवन, सुनसरी, मोरङ, सर्लाही र रुपन्देही जिल्ला रहेका छन् ।यस्तै मन्त्रालयले कोरोना संक्रमणपछि आत्महत्याका घटना र मानसिक समस्या बढेको रिर्पोट आएको कारण यो हप्ता मानसिक स्वास्थ्यसँग सम्बन्धित हप्ताका रुपमा मानसिक रोग विशेषज्ञसँगको छलफललाई प्राथमिकता दिएको प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताउनुभयो ।यसै क्रममा पाटन मानसिक अस्पताल लगनखेलका प्रमूख साईक्राक्टिस् डा. अनन्त अधिकारीले समाजमा डिप्रेसनलाई फरक ढंगले हेर्ने प्रवित्तिका कारण नेपालमा धेरै मनोरगी तथा डिप्रेसन भएका व्यक्तिहरु उपचारबाट बन्चित रहेको बताउनुभयो ।डा. अधिकारीले जोसुकै व्यक्तिलाई डिप्रेसन हुनसक्ने हुँदा समाजमा रहेका भ्रम तथा गलत धारणाका पछि नलाग्न र लक्षण देखिए अफ्ठयारो नमानी मनौबैज्ञानिक तथा औषधि उपचार गर्न आग्रह गर्नुभयो ।

यस्तै डा. अधिकारीले डिप्रेसन जस्ता मनोरोगबाट बँच्न भ्रामक समाचारहरुको पछि नलाग्न, विभिन्न सामाजिक संञ्जालको अत्याधिकप्रयोगलाई कम गरी सक्रिय र सिर्जनात्मक जीवनशैली अपनाउन सुझाव दिनुभयो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *