२०८१ वैशाख १३ गते | 25th of April 2024

जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २९ गते १४:२७

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतलका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको रिटमाथि सर्वोच्च अदालतले सुनुवाई गर्दै रिट निवेदक र सरकार दुबै पक्षलाई अगामी असोज ८ गते छलफलका लागि बोलाइएको अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताउनु भएको छ ।यही भदौ १८ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *