२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपालमा एकै दिन १ हजार ४ सय ५९ जना संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ ३० गते १५:२९

काठमाडौं । नेपालमा आज कोरोना भाइरसका १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् ।मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आज १० हजार ३ सय ७५ वटा नमूना परीक्षण गर्दा १ हजार ४ सय ५९जनामा संक्रमण पुष्टिभएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको कूल सख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।आज ५२ जिल्लाका ४ सय ४६ जना महिला र १ हजार १३ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएको काठमाडौ उपत्यकामा आज काठमाडौका ५ सय ५५ जना, भक्तपुरका ८६ जना र ललितपुरका ३५ जना गरी जम्मा ६ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् ।आज थप १ हजार  ६२ जना संक्रमण मुक्त भएका छन् । हाल सम्म ४० हजार ६ सय ३८ जना संक्रमण मुक्त भएको र निको हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

यसैगरी आज विभिन्न ७१ जिल्लामा गरी १५ हजार ७ सय ७९जना संक्रिय संक्रमित रहेका छन् भने ६ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।सक्रिय संक्रमित मध्ये  ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसन  तथा ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन् ।

यसैगरी गम्भिर लक्षण भएका १ सय ७४ जना संक्रमितको आईसियुमा र २८जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।यस्तै आज थप ११ जनाको कोरोना संक्रमण पछि मृत्यु भएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौका ३ पुरूष र एक महिला गरी ४ जनाको मृत्यु भएको छ ।यसैगरी बाराका १ महिला र १ पुरूष गरी २ जना तथा रुपन्देही र सिराहाका १–१ जना महिलाको मृत्यु भएको छ भने सर्लाही, मकवानपुर र कपिलवस्तुका १–१ जना पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।यो संंगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।मन्त्रालयले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि बढ्दै गएको आवागमन र चहल–पहलले संक्रमणको जोखिम झनै बढेकोे हुनाले थप सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्ला केही दिनको तथ्याङ्कले सहरी क्षेत्रमा संक्रमण तथा मृत्युको दर बढ्दै गएको देखाएको हुनाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो ।प्रवक्ता  डा. गौतमले कोरोनाका सम्वन्धमा फैलिएका भ्रामक समाचारले  बालबालिकाहरूमा नकारात्मक प्रभाव पर्न गई विभिन्न मानसिक समस्या समेत देखिन सक्ने हुनाले आफ्ना बालबालिकाहरूलाई सत्य तथ्य र प्रमाणित सूचनाहरू मात्रै उपलब्ध गराउन अभिभावकहरूलाई आग्रह समेत गर्नुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले स्वस्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रस्थानमा खटिने कर्मचारीको परीक्षण गर्ने सरकारको नीतिमा कुनै परिवर्तन नभएको समेत स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *