२०८१ वैशाख ८ गते | 20th of April 2024

कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिए, काठमाडौं उपत्यकाका ६१८ मा एकै दिन संक्रमण पुष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १ गते १४:४९

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर   परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा दशहजार ६४१ वटा आरटी पीसीआर परीक्षण भएका छन् । काठमाडौं उपत्यकाका ६१८ मा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ६१८ जना सङ्क्रमित पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना सङ्क्रमित भएका हुन् । सङ्क्रमित हुनेमा काठमाडौंमा १६४ महिला र ३४३ पुरुष छन् । ललितपुरमा ३१ म्हिला र ३० पुरुष तथा भक्तपुरमा २९ महिला र २१ पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो ।

याेसँगै नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् । मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५९ हजार ५७३  जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् । पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९  पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा कुल १६ हजार २४१  पुगेको छ । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् । देशभर १४२ जना आइसीयू र ३९ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएका छन् ।पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३८३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *