२०८१ वैशाख ७ गते | 19th of April 2024

न गाडी नत यात्रु ,स्थानीय प्रशासनको अवरोध हटेन

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १ गते १४:५८

काठमाडौं  ।  सरकारले अशोज १ देखि सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेपनि पहिलो दिन न गाडी भेटियो न त यात्रु नै ।  काठमाडौं उपत्यकामा रहेका अरनिको यातायात सेवा समितिका सात वटा काउन्टर खुल्ला  थिए , तर यात्रु नै नभएपछि टिकट काट्ने काउन्टर समेत खाली थिए   ।
अरनिको यातायात सेवा प्रालिका अध्यक्ष चित्रबहादुर कुँवर गाडीमा चढ्ने मान्छे नै नभएको बताउनुहुन्छ । ‘हामीले सरकारले निर्णय गरेसँगै सबै गाडीहरुलाई बसपार्कमा ल्याएर तयारी अवस्थामा राखेका छौँ, यात्रु नभएपछि टिकट काट्ने काम नै भएन’ कुँवरले बताउनुभयो ।
एकातिर काठमाडौंबाट बाहिर जाने यात्रु नभएपछिको समस्या छ भने अर्काेतर्फ काठमाडौं आउन र जान स्थानीय प्रशासनले रोक लगाएका कारण सार्वजनिक यातायात सहज रुपमा संचालन हुन सकेका छैनन् । अरनिको यातायात सेवा प्रालिका काठमाडौं आउन लागेको बसहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले रोकेको र दिउँसो बैठक बसेर मात्रै खोल्न सकिने जानकारी प्रशासनले दिएको अध्यक्ष कुँवरले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी महासंघका उपमहासचिव रवि रिमाल सरकारले यातायात संचालन गर्ने निर्णय गरे पनि जिल्ला जिल्लामा स्थानीय प्रशासनले रोक लगाउन थालेको बताउनुभयो । उहाँले रसुवा र नुवाकोटमा त्यहाँको प्रशासनले रोक लगाएको र धेरै ठाउँमा सवारी साधन जान रोक लगाएको बताउनुभयो ।  बिहीबार धादिङ चल्ने र काभ्रेपलाञ्चोकको बनेपासम्म नियमित रुपमा गाडीहरु संचालन भएका छन् भने काठमाडौंमा पनि छोटा रुटमा गाडी संचालन भएका थिए    ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *