२०८१ वैशाख १३ गते | 25th of April 2024

मन्त्रिपरिषद्को पुर्नगठन हुदै

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ४ गते १३:१७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णय बमोजिम गर्ने तय गरेको छ । कोटेश्वर पेरिसडाँडा स्थित पार्टी कार्यालयमा भएको बैठकले मन्त्रिपरिषद गठनका विषयमा विभिन्न कोणबाट आएका सुझावका आधारमा छलफल गर्ने तय गर्दै कमिटिको निर्णय बमोजिम अघि बढ्ने नीतिगत निर्णय गरेको हो । सचिवालय सदस्यहरूले प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउन सुझाव दिएका छन् । बैठकमा पहिलो कार्यसूचीमाथि प्रवेश गर्दै सदस्यहरूले दुई वर्ष अवधि गुजारेका सबै मन्त्री एकमुष्ठ रूपमा हटाउन सुझाव दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकले संवैधानिक र राजनीतिक नियुक्ति बारेमा सरकारलाई आधार तय गर्न सजिलो बनाउनका निम्ति छलफल गर्ने कार्यसूची तय गरेको नेकपाका प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सांगठनिक एकीकरणका बाँकी कामहरु पुरा गर्ने विषयमा छलफल गर्ने, संगठन विभागका निर्णयहरुको कार्यान्वयन गराउने, स्थायी कमिटि र केन्द्रिय कमिटिमा रिक्त रहेका पदहरुको पदपूर्ति र विगतमा गरिएका काम कारवाहीका विषयमा छलफल गर्ने कार्यसूची समेत तयार पारेको छ ।बैठकले पूर्णकालिन कार्यकर्तालाई आर्थिक सहयोग गर्ने प्रचलन अनुसार केन्द्रिय कमिटिका सदस्यलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने बारेमा पनि छलफल गर्ने एजेण्डा तय गरेको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।यस्तै कोरोनाको वर्तमान अवस्थामा संघीय संसदका सदस्यहरुको तलब भत्ता के गर्ने भन्ने विषयमा छलफल गर्न समेत आजको सचिवालय बैठकले एजेण्डा तय गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोली दिउसो १ बजे पुनःपेरिसडाँडामा बस्ने तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *