२०८१ वैशाख १३ गते | 25th of April 2024

आफ्नै मन्दिरमा नेवा: समाज बन्चित, आगामी रक्तदान सनातन मन्दिरमा !

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ४ गते १६:५७

लस एन्जलस – नेपालीहरुको जन-घनत्व बढ्दै गईरहेको लस एन्जलसमा सामुदायिक एकता झांगिदैं गर्दा प्रवासमा नेपालीहरुको संस्था स्थापना हुंने क्रममा संस्थाहरु जन्मन थाले । अमेरिका नेपाल सोसाईटी, नेपाल अमेरिका एकता समाज, अनेसास हुंदै बिभिन्न संस्थाहरु जन्मन थाले ।

आ-आफ्नै ईतिहास, प्रपन्च, खिचातानी र प्रयासले श्रीपशुपतीनाथ फाउन्डेशन जन्मियो । भलै, यसका स्थापनाका विवाद आफ्नै ठाउंमा छन । पुराण, चन्दा, समिती, योजना र भवन हुंदै श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर स्थापना भयो । साउदर्न क्यालिफोर्नियाका हरेक नेपालीहरुको अथक प्रयास तथा संसारभरका नेपालीहरुको सद्भावबाट स्थापित मन्दिरमा ‘पदीय खिचातानी’ले जरो गाड्दै आईरह्यो ।

‘द्रव्य कबोल’, राजनीति र नातागत शिर्षकहरुले धेर-थोर श्रीपशुपतीनाथ फाउन्डेशनमा प्रभावित हुंदै आईरहेको ईतिहास छ । करिब २५ हजार नेपालीहरुको बसोबास रहेको ग्रेटर लस एन्जलसमा स्थापित ऐतिहासिक पवित्र मन्दिरमा दर्शनका लागि जाने भक्तजनको संख्या अत्यन्तै न्यून छ ।

खै के पाटोले हो वा अबुझ बाटोले हो, मन्दिर बनाउन ज्यान दिने एउटा ठुलो समुह मन्दिरको भगवानप्रती होईन, पदाधिकारीहरुप्रती पानी बराबरको स्थिती छ । ठुलो संख्याका भक्तजनहरु बाटो पर्दा फ्रीवेबाटै ‘नमस्कार’ गर्छन् ।

कालन्तरमा नेवारी संस्कारको संरक्षण गर्ने हेतुले नेवा: अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको स्थापना भयो । ईतिहास पुरुष सर्वमान्य सत्यमोहन जोशीको भौतिक उपस्थिती, अमेरिकाका पुराना समाजसेवी वेदभक्त जोशी एवम कन्ह्यैया कायस्थहरुको छत्रछांयामा काम गर्नेहरुको समुहको जोश जांगर बढ्दै गईरह्यो ।

जुन संस्थाले ‘रक्तदान : जीवनदान’ को पवित्र कामलाई आफ्नो स्थापनाको पवित्र न्वारान गरायो । म्हपूजा, ईन्द्रजात्रा, योमरी पुन्ही लगायतका संस्क्रितीलाई नेवा: समाजले निरन्तरता दिंदै आईरहेको छ ।

समुदायमा सबैसंग ठुलो अर्थ राख्ने ‘रक्तदान : जीवनदान’ अत्यन्तै प्रभावकारी रहंदै आयो । जस्तोसुकै बिषम परिस्थितीमा पनि रक्तदानलाई नेवा: समाजले निरन्तरता दि८दै आयो ।

संसारलाई आक्रान्त पारेको कोरोनाले कसैलाई बांकी राखेन । सबैकुरा ठप्प रहे । जुन जगजाहेर छ ।

तर, सामाजिक दुरी कायम राखेर तथा निश्चित नियम पालना गरेर अहिले संसारजस्तै लस एन्जलस पनि केही खुकुलो बनेको छ । बाहिर खान मिल्ने गरी रेस्टुरेन्टहरु, उपचारका लागि क्लिनिकहरु, किनमेलका लागि स्टोरहरु लगायत अरु चिजहरु खुलिरहेकै बेला नेवा: समाज साउदर्न क्यालिफोर्नियाले नियमित रुपमा गर्ने रक्ददान सधैं गरिरिरहेको आफ्नै मन्दिरमा गर्न बन्चित भएको छ ।

आफ्नै संस्थागत खर्चमा पशुपतिनाथ मन्दिरको चौरका सबै दिशामा फलामे बार निर्माण गरिदिएको नेवा: समाज, अमेरिकन रेड्क्रसको संयोजनमा गर्दै आईरहेको कार्यक्रमलाई अहिले मन्दिरको कार्यसमितिले बन्चित गरिदिएको छ ।

फाउण्डेशनका कार्यसमितिका आफ्नै खिचातानी होलान, तर रेडक्रसको संयोजनमा हुने कार्यक्रम, त्यसमाथी पनि आँफैले पसिना बगाएको मन्दिरको परिसरमा रक्तदान गर्न नपाउने मन्दिर समितिको निर्णयले फेरी एकपटक भक्तजनहरुको चित्त भने दुखाएको छ ।

काम जसरी पनि गर्ने जागरुकहरुको प्रयासले यही मन्दिर बनाउन पुराण लगाईएको सनातन मन्दिरमा आगामी रक्तदान कार्यक्रम हुने नेवा: समाजअले जनाएको छ ।

नेवा: अर्गनाइजेशन अफ अमेरिका साउदर्न क्यालिफोर्नियाको प्रेस बिज्ञप्ति :

श्री पशुपतिनाथ फाउनडेशन नर्वाल्क,यु.एस.ए. क्यालिफोर्नियामा सेप्टेम्बर २७, आइतबार गर्न निश्चित भएको रक्तदान कार्यक्रम कोरोना भाइरस प्रकोपको समयमा कार्य समिति, बोर्ड र सल्लहाकार समेतको निर्णय तथा सल्लाहा बमोजिम मन्दिरको हल दिन नमिल्ने भनि जानकारी प्राप्त भएको हुँदा स्थान परिवर्तन भएको जानकारी गराउन चाहान्छौ।

बिगतमा रक्तदानको लागि स्थान उपलब्ध गराई सहयोग पुर्याएकोमा श्री पशुपतिनाथ फाउनडेशन नर्वाल्क,यु.एस.ए.लाइ धन्यबाद दिन चाहान्छौ।

आगामी रक्तदान सोहि दिन सेप्टेम्बर २७, आइतबार सनातन धर्म हिन्दु मन्दिर नर्वाल्कमा हुन् गईरहेको छ ।

हाम्रो छोटो समयको अनुरोधलाई सहर्ष स्वीकार गर्दै बिश्वभर र अमेरिकामा परेको यस आपदविपदको समयमा रगतको अधिक आबश्यकता परेको हुँदा रक्तदान गर्ने मानविय कार्यको लागि आफ्नो स्थान सदैव खुल्ला रहेको जानकारी गराउदै सनातन धर्म हिन्दु मन्दिर नर्वाल्कले स्थान उपलब्ध गराएकोमा अध्यक्ष बिउ पटेल तथा सम्पूर्ण कार्य समितिलाई धन्यबाद दिन चाहान्छौ। साथै आगामी हुने सम्पूर्ण रक्तदान कार्यक्रमहरु पनि यही सनातन धर्म हिन्दु मन्दिर नर्वाल्कमा हुने समेत जानकारी गर्न चाहन्छौ |
पहिले नै अनलाइनबाट रक्तदान गर्नको लागि आफ्नो नाम दर्ता गराईसक्नुभएको दाताहरुलाई पर्न गएको असुविधा प्रति क्षमा माग्न चाहान्छौ। अग्रिम रुपमा नाम दर्ता गराउनु भएको दाताहरुलाई हामी बिस्तृत विवरण चाडो भन्दा चाडो उपलब्ध गराउने छौ।

रक्तदान कार्यक्रमको विवरण :

स्थान:- सनातन धर्म हिन्दु मन्दिर, 15311 Pioneer Blvd, Norwalk, CA 90650
मिति:- सेप्टेम्बर २७, आइतबार
समय:- बिहान ९:०० देखि दिउसो ३:३० सम्म
धन्यबाद

कन्हैया श्रेष्ठ
महासचिब
नेवा: अर्गनाइजेशन अफ अमेरिका
साउदर्न क्यालिफोर्निया
मिति: ०९-१८-२०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *