२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या छैन :परराष्ट्रमन्त्री ज्ञवाली

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ७ गते १४:१२

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका छन् ।असोज १ गते र ६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको बताएका हुन् । हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको बताएका हुन् । त्यतिबेला गठन भएको छानबिन समितिले लिमीमा चीनले बनाएका भवन नेपाल–चीन सीमा क्षेत्रभन्दा एक किलोमिटर पर नै रहेको प्रतिवेदन बुझाएको र अहिले पनि त्यहीँ भवन बनाइएको उनले बताए ।

अहिले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन टोली गएको र त्यसको रिपोर्ट बुझाउन बाँकी रहेको उनले बताए । त्यो प्रतिवेदन आइसकेपछि मात्रै थप भन्न सकिने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *