२०८१ वैशाख ७ गते | 19th of April 2024

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा एमाले विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २५ गते १५:२५

कञ्चनपुर, २५ असार । स्थानीय तहको दोश्रो निर्वाचनको मत परिणाम अन्तिम अन्तिम चरण पुगेको छ । अधिकांश गाउपालिकाको मत परिणाम सकिएको छ भने नगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । सोही क्रममा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाको अन्तिम मत परिणाम आएको छ । जस अनुसार नेकपा एमाले विजयी भएको छ । मेयरमा नेकपा एमालेका जीवनराज थापाले ६ हजार ४० मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापा ५ हजार ५ सय १४ मत ल्याएका छन ।

यस्तै, उपमेयरमा पनि एमालेका शारदा शर्माले ६ हजार ३ सय ६६ मत ल्याए विजयी भएकी छन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भलीया रानाले ५ हजार ३ सय ९१ मत ल्याईन । २ गाउँपालिका र ७ नगरपालिका गरी ९ स्थानीय तह रहेको कञ्चनपुरमा पुनर्वासमा जित हासिल गरेसँगै एमाले ५ स्थानीय तहमा विजयी भएको छ । यस्तै, कांग्रेस २ र माओवादी केन्द्र २ स्थानमा विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *