२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रदेश ५ को प्रदेश सभा बैठकमा तोडफोड, मन्त्रीले भने – “यिनीहरूलाई बाहिर घिसारेर निकालिहाल्नूस्, निकालिहाल्नूस्

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १९ गते १४:००

काठमाडौ –   दाङ राजधानी बनाउने विरोधमा उत्रिएका नेपाली कांग्रेसका सांसदहरूले सभाकक्ष तोडफोड गरी माइक र कुर्सी भाँचिदिएका छन   । दाङलाई प्रदेशको स्थायी मुकाम बनाउने प्रस्ताव अघि बढाइरहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मात्रै होइन मन्त्री नै आक्रोशित देखिए ।

प्रदेश राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव अघि बढाउन रोस्टम पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले मर्यादापालकलाई हप्काइदप्काइ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसदलाई गलहत्याएर बाहिर निकाल्न आदेश दिएका थिए ।

मर्यादा पालकका लुगामा समातेर तान्दै उनले भनेका थिए, “यिनीहरूलाई बाहिर घिसारेर निकालिहाल्नूस्, निकालिहाल्नूस् ।”

बिरोधकै वीचमा पनि  प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रदेशको राजधानी र नामको प्रस्ताव उपर सोमबार प्रदेश सभामा औपचारिक रुपमा छलफल सुरु भएको छ । छलफल सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गरेका हुन  ।
सभामुख पूर्णवहादुर घर्तीले वैठक अघि बढाएपछि कांग्रेसका सांसदहरुले दुवै बैठकको सुरुदेखि अन्त्यसम्म नै नाराबाजी गरेका थिए । त्यसक्रममा सांसदहरुले रोष्टम अघि नाराबाजी गर्दै बैठक कक्षका कुर्सी तोडफोड गरेका थिए । प्रदेश सभाको मंगलवारको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र मंगलवार नै प्रदेशको राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *