२०८१ वैशाख १४ गते | 26th of April 2024

डा. केसीको जीवन रक्षाका लागी जनसम्पर्क समिति, अमेरिकाको अपील

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज १९ गते २२:४८

अमेरिका –  

आफ्ना मागहरु पुरा गराउन विगत २३ दिनदेखी अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि नेजस, अमेरिकाले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेजस महासचिव मुनिन्द्र नेम्वागंले जारी गर्नुभएको वक्तव्यमा ‘अनशनरत डा.केसीलाई सरकारले प्रस्तुत गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुरव्यवहार प्रति समिति घोर निन्दा र भत्सर्ना गर्दछ’, भनिएको छ ।

महासचिव नेम्वागंद्वारा प्रेषित विज्ञप्ति : 

नेपालको चिकित्सा शिक्षामा आमुल सुधारका माग राखि डा. गोविन्द केसीको २० दिन अगाडि जुम्लाबाट शुरू भएको अनशन काठमाण्डौंको शिक्षण अस्पतालमा पुग्दा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

यसबीचमा सत्याग्रही अनशनरत डा.केसीलाई सरकारले प्रस्तुत गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुरव्यवहार प्रति समिति घोर निन्दा र भत्सर्ना गर्दछ ।

विगतमा अनसनरत डा. गोविन्द के.सीका मागहरूलाई नेपाली कांग्रेसको पालामा सम्बोधन गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको कुरा सबैलाई सर्वविदितै छ । त्यही अध्यादेशको जगमा टेकेर अनसनरत डा. केसीको अहिले उठाएका जायज मागहरूलाई पूरा गर्न र उहाँको जीवन जोगाउन नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकारसंग जोडदार माग राख्दै, हार्दिक अपिल र आग्रह गर्दछ ।

धन्यवाद ,
जय नेपाल !

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *