२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रदेश ५ को नाम लुम्विनी, राजधानी देउखुरी उपत्यकाको भालुवाङ, बहुमतले पारित

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २० गते १२:४३

काठमाडौ-   प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ ।प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएकाे छ ।

प्रदेश ५   सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो । प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुईतिहाईका लागि ५८ मत आवश्यक पर्छ । त्यस्तै नाममा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेकाे छ ।
सभामुख पूर्णवहादुर घर्तीले दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी  उपत्यकाको भालुवाङ   क्षेत्र घोषणा गर्नुभयो ।
राजधानी देउखुरीकाे प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *