२०८१ वैशाख ११ गते | 23rd of April 2024

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २० गते १३:०२

         एजेन्सी   –  कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किनुभएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गत शुक्रबार गरिएको थियो । त्यसपछि लगत्तै उहाँ सैनिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
उहाँ अस्पतालबाट निवास फर्किए पनि उहाँको उपचार भने निवासबाटै जारी रहने अधिकारीहरूले जनाएका छन् । आफ्नो स्वास्थ्य अवस्थामा धेरै सुधार आएको ७४ वर्षीय ट्रम्पले बताउनुभएको छ । उहाँले चाडै नै आफु सार्वजनिक रुपमा निर्वाचनको काममा लाग्ने पनि जानकारी दिनुभयो ।
अमेरिकामा आगामी नोभेम्बर २९ तारिखमा राष्ट्रपतिय निर्वाचन हुन लागेको छ भने ट्रम्प पनि प्रतिस्पर्धामा हुनुहुन्छ । अस्पतालबाट ह्वाइट हाउस उहाँ छोटो हेलिकोप्टरमार्फत् जानुभएको हो । उहाँ अस्पताल जादाँ पनि हेलिकोप्टरमै जानुभएको थियो । ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक भने नभइसकेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार ट्रम्पको अवस्था निवासमा फर्कन मिल्ने खालको रहेको र निवासमा रहँदा पनि उहाँलाई २४ नै घन्टा उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने व्यवस्था गरिएको छ ।
ह्वाइट हाउस पुगेपछि उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, “मिथ्या समाचारले मिथ्या चुनावी सर्वेक्षण मात्र देखाइरहेका छन् ।” उहाँले कारोनाबाट डराउनुपर्ने आवश्यकता नरहेकोमा फेरी पनि जोड दिनुभएको छ । उहाँले यसअघि पनि कोरोनालाई सामान्य रुपमा लिन आह्वान गर्दै आउनुभएको थियो ।
उहाँलाई शुक्रबार राति वाल्टर रिड नेशनल सैनिक अस्पताल लगिएको थियो । अस्पतालमा उहाँलाई थेरापीलगायतका उपचारका उपायहरु अपनाइएको छ । उहाँ बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित हुनुभएको बताइएको छ । उहाँसँगै उहाँकी पत्नी मेलानिया पनि सङ्क्रमित हुुनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नी श्रीमतीको पनि अवस्था सामान्य नै रहेको जानकारी दिनुभएको छ ।
त्यसैगरी ह्वाइट हाउसका अन्य कम्तीमा १२ जना कर्मचारी तथा सहयोगीहरुलाई पनि सङ्क्रमण देखिएको जनाइएको छ । विश्वमै सवैभन्दा धेरै मानिसह कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मुलुक अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म ७६ लाख ७९ हजार ६४४ भन्दा बढी मासिन कोरोनाभाइरसबाट सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *