1

‘ज्युँदो मान्छे’

844 पटक पढिएको

 

हेलो,
प्रकाश दाइ हो ?
हो ।
दाइ, म दिनेश
दिनेश ! उमऽ को दिनेस रे।।?
तपाइले एयर्पोट भेटेको शाही, दांङको ।
सोरि भाइ, म अल्मलिए ।
दुई बर्ष अंघि हजुरले नेपाल फर्काएको ।।।।

ए , तिमि ! ओ माइ गड ।।।
कहाँ छौ यार, अनि सन्चो भयो, किन ब्लक गर्यौ मलाइ ?

दिनेशको अनेपेक्षित फोनले म झस्किए । उ मलाइ कुनै दिन सम्झने छ , मलाइ अपेक्षा थिएन ।

मेरा प्रश्नहरुको झरी सुनेर उ अक्मकायो ।

मैले थपे, तिमी सन्चो त भयौ नि ?

उ हाँस्यो ।
दाइ, म नेपाल उत्रिएपछि आधा सन्चो भए । तपाइले भेट्नु भनेका डाक्टर भेटे । ती दिलबन्धु गजबका रहेछन । तपाइका धेरै कुरा गरे ।

जे होस ठिक छौ नि अहिले ?
म आराम छु दाजु । सुन्नुस न , मेरि बुडि तपाइलाइ सम्झी रहन्छिन ।
है , उर्मिलालाइ नमस्ते भन्देउ ।

अरु , आजकल के गर्दै छौ ?
म सिभिल शर्बिस छिरे दाजु , बाँके जिल्ला प्रशासनमा अधिकृत छु ।

हं ।।रु के भन्छ हौ !

हो दाइ, तपाइले जे भन्नू भाथ्यो मैले त्यही गरे ।

त्यसपछि उ के बोल्यो, के भन्यो मैले बुजिन । मेरो घाँटिमा केही अड्किए जस्तो भयो । उसका खुशिहरु मेरा आँखा भएर बगे ।
केहिबेरको कुराकानी पछि हामिले फोन राख्यौ ।

यो बितेको दुइबर्षमा मैले उल्लाइ धेरै पटक सम्झिए । मलाइ उल्ले किन ब्लक गर्यो भन्ने कुराले सधै पोलि राख्यो , म जलिराखे ।
तर आज उसको फोनले त्यो घटना बल्जाइदिएको छ । म एउटा हत्या नभएको आत्माको सत्य कथा लेख्दै छु ।

कुरा परारै असारको थियो ।

नेपालमा बन्द भएको जहाजको ढोका यँहि आएपछि खुल्यो, इन्छन ।
सायद यो माटोमा तेस्रो पटक भएकोले होला मलाइ कतै अल्मलिनु परेन,मेरा पाइलाहरु गन्तव्य प्रती प्रस्ट थिए । इमिग्रेसन पार गर्नै लाग्दा, घोप्टी परेको मानिस आकृतिले मेरो दृस्टि खिच्यो । देखें ( एउटा युबा शरीर नर्थफेसको ज्याकेटमा भुइँमा थ्यांचिएको रहेछ । घाँटिको रुद्राक्ष , नजिकै रहेको झोला र बर्णले उ नेपाली हो भन्ने संकेत गर्यो ।
ब्यागलाइ थोरै साइड च्यापेर नज्दिक गए, सोधे ( नेपाली हो ?
हो ।
अनि के भयो र रु लाइनमा नबसेर !
ज्वरो आयो सर, खुट्टा गले त्यसैले एक्कैछिन आराम गरेको ।
उजाड उदास अनुहार, मुखमन्डलको आवा पुरै उडेको ।
ज्वरो रहेछ ।
हिँड्नुस निस्कौ , बाहिर गएपछी सिटामोल खानुपर्छ ।
मैले ब्याग उठाइदिंए, उनि मलाइ पिछ्याए ।
कार्ड झिक्नुस र उ स् त्यो लाइनमा बस्नुस । टाउको हल्लाएर हुन्छको जबाफ दिएका उनलाइ अघि राखेर म पछाडी उभिए । एक्कैछिनमा हामी बाहिर निस्कियौ । केहि मिनेटको पैदलमा उसको नाम र कोरियामा उसको बसाइको बिसयमा मैले सोधखोज गरिसकेको थिए ।

दिनेश साही, घर दांग ।
कोरिया आएको ७ महिना ।
३ महिना हस्पिटल बसेर नेपाली ८ लाख सक्किएको ।
घर गएर उपचार गरि फर्किएको आसाबादी युबा ।
झोला भरी औषधि छन, उसका । कपाडाहरुबाट पनि औसधिको गन्ध आउँछ ।
यार , कस्तो बिडम्बना । यस्तो अबस्थामा पनि बिदेश आउनुपर्छ ।
साला पैसा रोएपछी दुख बिर्सिएर फक्क्किनुको बिकल्प छैन नेपालिसंग !
हरे , हाम्रो जिन्दगी !!

सिटामोल खुवाएपछी भने, हिड्नुस मै सङ । म पनि काम छोडेर घर पुगेर फर्कदै छु । सेल्टर बसौला अनि काम खोज्नु पर्छ । म बोल्दै गए, उनि हुन्छको संकेत गर्दै गए ।

ट्याक्सी लिएर हामी आनसान हिड्यौ, मैले बुजेको शहर ।
ट्याक्सिमा धेरै कुराहरु भए ।
उनका कुराहरु सत्य थिए,आज यो लेख्दै गर्दा बिस्वास गर्ने प्रसस्त आधारहरु छन तर त्यो अबस्थामा मैले सुन्न र उल्ले सुनाउनका लागि मात्रै गरिएका कुराहरु हुन जस्तो लाग्थ्यो ।
कोहोलपुर पढ्ने, आइए र बिए मा क्यामपस टपेको । दलित युवती सङ्ग प्रेम मा परेपछी बिहे गरेको । घरबाट निकालिदिएपछी जिबिकाको लागि ट्युसन पढाउने काम र पत्रिका बेच्ने काम गरेको । र साथिको सल्लाहमा कोरियन भासा पढी यता आएको उसको कथा र त्यो भित्रका उपकथाहरु बास्तवमै कुनै चलेको फ्लिम भन्दा कम थिएनन ।

आनसानमा हामिले सेल्टर भेट्यौ । जेम्स राई द्वारा संचालित सेल्टरमा १० जना साथिहरु बस्दै आउनुभएको रहेछ ।
गोबिन्द पान्डे , मगज परियार, पर्बत लामिछाने, यादब दाजु, बिस्ट लगायत साथिहरु साह्रै सहयोगी हुनुहुँदो रहेछ ।
सबैसाथिहरु माझ चिनापरिचा भयो । आफ्नो अबस्थाको जानकारी दिनेश उसै गरि सुनाउथे जसरी दुखको पोको मेरा अगाडि फस्टाएका थिए ।
एकबिहान गोबिन्द ले भने , मितज्यु ( यी ब्यालेन्समा छैनन । कोरिया यी बस्लान जस्तो लाग्दैन ।
के गरौ त ?
मैले उपाए खोजे ।
बेल्का जेम्स दाजु संग सल्लाहा गरौ । गोबिन्दले भने जस्तै हामी साँझ कुरेर बस्यौ ।

त्यो बिचमा दिनेश र म एउटा काम हेर्न ओइदो गयौ । फलाम कम्पनी रहेछ, ग्रेन्डिङ्को काम ( करिब २३ लाख तलब ।
उनी कम्पनि देखेरै तर्सिए , मलाइ पैसो धेरै भो । खासमा फलामले हामिलाइ थिच्यो । देखेरै दिनेशको ज्वरो फर्कियो ।

हामी नजिकैको पार्कमा गयौ । मैल मेरो बिगत र उनी आफ्नो , सुनाउन थाल्यौ ।
भन्दै गए ,उर्मिला नर्श रहिछन ।
परियार जातिकी छोरी बिहे गरेकोले नै उनिहरुलाइ समाजबाट निकालिएको रहेछ । लोकसेबामा लिखित पास गरेर अन्तर्बार्तामा फ्यालिएको कुरा गर्दै गर्दा उनी पग्लिरहेका थिए । लोकसेबा प्रती उनको लगाब अनौठो रहेछ । बाचियो भने नाम निकाल्ने ज्युँदो आशा बोकेका उनी कुराको बिच(बिचमा मर्न पाए हुन्थ्योञको आसय ब्यक्त गर्थे ।

उनले सुनाउदै गए ,
कोरिया आएपछि काम गाह्रो परेछ । साउको रुखो ब्यबहारले उनी बिस्तारै निरास हुन थालेछन । काममा नजाने , गए पनि बिचैमा छोडेर हिड्ने जस्ता कृयाकलाप ले साथिहरु पनि उनका रहेनन । होमसिक र डिप्रेसनले गलेका उनी कमजोर भएछन ।
हातखुट्टा झमझमाउने , ज्वरो आउने ,बान्ता हुने भएपछी साथिले हस्पिटल पुर्याएछन ।
भाषाको समस्या, पैसाको अभाब र रोगी शरीर १ प्रकाश शर , भो म फर्कन्छु । उन्लाइ बिगतले च्याँप्यो । दुखहरु भयन्कर रहेछन, जसलाइ बाड्दा पनि दुख्दो रहेछ ।
त्यतिबेला लगातार ३ महिना हस्पिटल बस्दा ९० लाख वन , ९८ लाख नेपाली० सक्किएको रहेछ । गाउँले साथिहरु र उनका आफनै भाइले अब हस्पिटल राखेर उपचार संभब नभएपछी नेपाल फर्काइएका रहेछन । बिदा
प्रकश दाइ (हाल दक्षिण कोरिया)

तपाईको प्रतिक्रिया

भारत - कोभिड-१९ का कारण ठप्प अर्थव्यवस्थालाई चलायमान बनाउन भारत सरकारले आर्थिक गतिविधि खुकुलो.. ...

काठमाडौँ  - नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सव आज जुम प्रविधिमार्फत सम्पन्न भएको छ। सो.. ...

काठमाडौं- अर्थशास्त्री डा.विश्व पौडेलले सरकारले चालु खर्चको औचित्य पुष्टी गर्न ठूलो आकारको.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...