२०८१ वैशाख ८ गते | 20th of April 2024

नेपालमा बुधवार थप २ हजार ६ सय ३८ जना संक्रमित, अब लक्षित समूहका व्यक्तिको मात्रै नि:शुल्क कोरोना परीक्षण गरिने

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २८ गते १४:५७

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट  बुधवार थप २ हजार ६ सय ३८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता  डा.जागेश्वर गौतमले  १३ हजार ९ सय ४७ वटा नमूना परीक्षण गर्दा थप २ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार आज काठमाडौ उपत्यकामा मात्रै १ हजार ४ सय ३ जना संक्रमित थपिएका छन् ।

काठमाडौका ९ सय ९६ ललितपुरका ३ सय ५ र भक्तपुरका १ सय २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो । यो संगै नेपालमा हाल सम्म १ लाख १७ हजार ९ सय ९६ जनामा संक्रमण पुष्टि भइसेको छ । यसैगरी, आज २ हजार १ सय ७४ जना भाइरस संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म ८० हजार ९ सय ५४ जना संक्रमण मुक्त भईसकेको र संक्रमण मुक्त हुने दर ६८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज देशभरिमा ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी आज थप १२ जनाको मृत्यु भएपछि हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण प्रयोगशाला निर्देशिकाको संशोधन गरी लक्षित समूहका व्यक्तिको मात्रै निशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार संक्रमणका लक्षण देखिएका तथा जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरू एवं आर्थिक रूपले विपन्न वर्ग व्यक्तिहरूको मात्रै निःशुल्क परीक्षण गरिने मन्त्रालयका प्रवक्ता  डा. गौतमले बताउनुभयो । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको घोषित नीति अनुसार अस्पताल नभएका स्थानीय पालिकाहरूमा कम्तिमा ५ शैयाका अस्पताल निर्माणका लागि रकम पठाएको छ ।अस्पतालका लागि आवश्यक उपकरण खरिद एवं जनशक्ति व्यवस्थापनका लागि प्रति अस्पताल १० लाख रूपैयाँका दरले रकम पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताउनुभयो ।

मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि विभिन्न अस्पतालहरूमा ३४ वटा भेन्टिलेटर तथा एक सय वटा आईसियु बेड थप गर्न निर्णय गरी २० करोड रूपैयाँ निकासा दिएको प्रवक्ता प्रा. डा गौतमले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *