२०८१ वैशाख १४ गते | 26th of April 2024

मन्त्रिपरिषद् पुनर्गठन: विष्णु पौडेल बने अर्थमन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २८ गते १५:०९

काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गरिएको छ भने सहरी विकास मन्त्रीमा कृष्ण गोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । सञ्चार मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ । उनलाई उपप्रधानमन्त्री मात्रै राखिएको छ भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालेका छन् ।  यसअघि पोखरेलले रक्षा मन्त्रालय सम्हाल्दै आएका थिए । बुधबार गरिएको हेरफेरमा पोखरेललाई विना बिभागीय मन्त्रीमा राखिएको छ ।

नेकपाका महासचिव विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै पौडेललाई दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।यसअघि ओली प्रधानमन्त्री हुँदा २०७२ सालमा पनि पौडेल अर्थमन्त्री भएका थिए । पौडेल निजी क्षेत्रमैत्री मानिन्छन् । कोडिभ-१९ ले अर्थतन्त्रमा गम्भीर असर पारेका बेला उनका लागि आगामी कार्यकाल सहज छैन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनप्रति गम्भीर असहमति व्यक्त गरेका छन् । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको आरोप लगाएका छन् । उनले यसमा कुनै सहमति नरहेको र पार्टी निर्णय, सहमतिविपरीत भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *