२०८१ वैशाख १४ गते | 26th of April 2024

तीन मन्त्रीले लिए सपथ

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २९ गते १४:५८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त नेपाल सरकारका मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो तीनजना मन्त्री र जिम्मेवार हेरफेर भएका २ मन्त्री नियुक्त गर्नुभएको थियो ।शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल अर्थ, कृष्ण गोपाल श्रेष्ठ शहरी विकास र लीलानाथ श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरि मन्त्री, पार्वत गुरुङ्ग सुचना तथा सञ्चारमन्त्रीमा सिफारिस हुनुभएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था रहेको छ । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *