1

बिहीवार ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि, ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त

25 पटक पढिएको

काठमाडौँ –   काठमाडौँ उपत्यकामा बिहीवार  एक हजार ९ सय ३४ जना सहित देशभर  ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले आज देशका विभिन्न प्रयोगशालामा १६ हजार ५ सय ९८ जनामा  पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
 काठमाडौँमा एक हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा एक सय ८ सहित काठमाडौँ उपत्यकामा एक हजार ९ सय ३४ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै आज ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ८४ हजार ५ सय १८ पुगेको प्रा. डा गौतमले जानकारी दिनुभयो । यस्तै आज थप १९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु  हुनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २४ हजार एक सय ९४ जना होम आइसोलेसन र १२ हजार ३ सय ३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - उपत्यकामा  सोमवार   थप २  हजार ३८८ जनामा कोरोना संक्रमित  थपिएका छन  । स्वास्थ्य.. ...

अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द.. ...

काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक विपन्न, अशक्त, जोखिम क्षेत्रमा कार्यारत.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...