२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपालमा संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुग्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज ३० गते १५:२५

काठमाडौं-नेपालमा  शुक्रबार कोरोना भाइरसका चार हजार ३९२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७  पुगेकाे छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३७ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।  मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८८ हजार ४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *