1

करोडौंको सुन बरामद

18 पटक पढिएको

काठमाडौ – पर्सा प्रहरीले अवैध रुपमा लुकाइछिपाई राखेको अवस्थामा १८ करोड ३६ लाख ७८ हजारभन्दा बढी मुल्यको २२ किलो पाँच सय ७६ ग्राम सुन आज वीरगंजबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज दिउँसो वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको तेश्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा छापामारी अवैध रुपमा लेकाइछिपाई राखिएको २२ किलो पाँच सय ७६ ग्राम सुन बरामद भएको हो । बरामद गरिएको सुनको बजार मुल्य तोलाको ९४ हजार तीन सयको दरले १८ करोड ३६ लाख ७८ हजार तीन सय ३३ रुपैँया रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तको कमाण्डमा खटिएको गस्ती टोलीले भारत पूर्वी चम्मपारण हरैया निवासी अशोक सिन्हाको बस्ने गरेको फ्ल्याटमा छापामारी स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायिहरुको रोहवरमा खानतलासी गर्दा २२ किलो पाँच सय ७६ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । घटनास्थलबाट प्रहरीले एक केजी दरको सुनको विष्कुट १३ थान, सुनको विष्कुट मझौला ४६ पिस ८ केजी ६ सय ७६ ग्राम, सुनको विष्कुट सानो १०० ग्रामको दरले १० पिस १ केजी गरी जम्मा २२ किलो ५ सय ७६ ग्राम छापावाल सुन बरामद गरेको प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

यसैगरी प्रहरीले छ सय ८१ ग्रामको सुनका बिभिन्न गर–गहाना र दुई केजी दुई सय ६२ ग्रामको चाँदीको गर–गहाना तथा थाल लगायत भाडा कुडा बरामद गरेको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । बीरगंजमा ठूलो परिमाणमा प्रहरीले सुन बरामद गरेको यो पहिलो घटना हो ।विगत तीन दिनदेखि प्रहरीले सो स्थानमा निगरानी बढाएको र फ्ल्याट धनी नभएपछि आज स्थानीय बासिन्दाको रोहवरमा छापामारी गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ - उपत्यकामा  सोमवार   थप २  हजार ३८८ जनामा कोरोना संक्रमित  थपिएका छन  । स्वास्थ्य.. ...

अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द.. ...

काठमाडौं -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक विपन्न, अशक्त, जोखिम क्षेत्रमा कार्यारत.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...