1

मंगलवार देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमणको पुष्टि

89 पटक पढिएको

काठमाडौं –  काठमाडौ उपत्यकामा मंगलवार  १ हजार ७ सय २ सहित देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता  जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनामा पिसिआर परिक्षण गर्दा देशभर ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यस्तै काठमाडौमा १ हजार ४ सय ३१, भक्तपुरमा एक सय ४८ र ललितपुरमा एक सय २३ सहित काठमाडौ उपत्यकामा एक हजार ७ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको  गौतमले जानकारी दिनुभयो ।

आज थप २ हजार १ सय ८ जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।यस्तै कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा ४१ हजार ७ सय ७५ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये २८ हजार एक सय ९६ जना होम आईसोलसनम र १३ हजार ५ सय ५९ जना संस्थागत आईसोलेसनमा रहेका छन् ।यस्तै गम्भीर लक्षण देखिएका २ सय ७३ जना आइ.सी.यु र ७८ जनाको भेण्टिलेटरमा राखी उपचार भईरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

न्यूयोर्क - पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन.. ...

काठमाडौँ  –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका.. ...

एजेन्सी -  कोरोनाभाइरस विरुद्धको रूसी स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...