२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएनए अमेरिकाको २०१९ चुनाव सम्बन्धी विवाद छानविन गर्न आइसीसीको कमिटि गठन

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १५ गते ५:०९

अमेरिका – एनआरएनए आइसीसीको निर्णय अनुसार महासचिव डा. हेमराज शर्माले सेप्टेम्बर २९, २०२० मा निर्देशन दिए बमोजिम एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीले आफ्नै नेतृत्वमा पांच सदस्यीय छानबिन कमिटी बनाएका छन्। उक्त छानविन कमिटि र यस कमिटीले गर्ने काम (स्कोप अफ ओर्क) लाई आइसीसीको कार्यकारी बोर्डले अनुमोदन गरेको छ। उक्त कमिटिमा निम्न व्यक्तित्वहरु रहेका छन्।

१) संयोजक – राजन त्रिपाठी, क्षेत्रिय संयोजक, अमेरिकाज
२) सदस्य – कृष्ण लामिछाने, एचसीएम, आईसीसी तथा निबर्तमान बोर्ड सदस्य, एनआरएनए एनसीसी अमेरिका
३) सदस्य – प्रकाश सापकोटा, एचसीएम, आईसीसी तथा र निबर्तमान आइसीसी सदस्य, अमेरिका
४) सदस्य – शिबहरी नेपाल, सदस्य, एनआरएनए अमेरिका
५) सदस्य – नबराज रोस्यारा, भूतपूर्व अध्यक्ष, एनआरएनए एनसीसी जर्मनी

आईसीसीले उक्त कमिटीलाई तुरुन्त काम शुरु गरि २ महिना भित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको छ। क्षेत्रिय संयोजक राजन त्रिपाठीबाट प्राप्त जानकारी अनुसार उक्त कमिटीले काम शुरु गरिसकेको र आईसीसीले एनसीसी अमेरिकाका बर्तमान अध्यक्षलाई २०१९ एनसीसी चुनावको भन्दा अगाडिको समयका त्यी सदस्यहरुको डेटा उपलब्ध गराउन र उक्त चुनावको मतमा प्रयोग भएका तर प्रमाणिकरण नगरिएका २०९३ मतलाई छानविन गर्न सहयोग गर्न अनुरोध गरेको छ ।

त्रिपाठीका अनुसार यसै चुनावी अनियमितताका बिषयलाई कडा संग उजागर गरिरहेका सामाजिक अभियान्ता तथा उक्त चुनावमा अध्यक्षका प्रत्यासी सुर्य लम्साल लाई पनि यस बिध्यमान विवाद लाई सुल्झाउन गठित यस कमिटिलाई सहयोग गर्न पनि आब्हान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *