२०८१ वैशाख १४ गते | 26th of April 2024

ट्रम्प कि बाइडेन ? केही दिनको प्रतिक्षा पछि

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक १९ गते १४:१८

एजेन्सी-   विशेष परिस्थितिमा  भएको  अमेरिकी राष्ट्रपतीय निर्वाचनमा  उल्लेख्य मात्रामा अमेरिकीहरूले मतदान गरेका छन्। तीमध्ये पनि यसपालि हुलाकबाट भोट हाल्ने मानिसहरूको संख्या ह्वात्तै बढेको जनाइएको छ। मतदानस्थलमा भौतिक दूरी कायम गर्न मुस्किल हुने भएकाले यसपालि मानिसहरूले हुलाकबाट भोट हालेका हुन्।  संसारको चासो  रहेको अमेरिकी निर्वाचनले  ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहन्छन् कि जो बाइडेन लाई पुरयाउँछ  भन्ने टुंगो लागेको सुन्न संसारभरका मानिसहरूमा आतुरी छ।  तर ट्रम्पले जित्छन् कि बाइडेन भन्ने टुंगो लाग्न अझै केही दिन वा हप्ता कुर्नुपर्ने  हुनसक्ने एजेन्सीहरुले उल्लेख गरेका छन ।  ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेजमा जित्नुपर्छ। विभिन्न राज्यलाई जनसंख्याका आधारमा फरक-फरक इलेक्टोरल कलेज छुट्याइएको हुन्छ।  यसअघिका चुनावमा अमेरिकी मिडिया प्राय: मतदान भएको मध्यरातसम्म कसले चुनाव जित्यो भन्न सक्थे। उनीहरूले विभिन्न डाटाहरूको आधारमा त्यस्तो गर्न सक्थे। तर यसपालि भने उनीहरूले त्यस्तो गर्न सक्ने सम्भावना कम छ।

किनकी यसपालि अहिलेसम्मकै धेरै मतदान भएको छ भने त्यसमध्ये पनि धेरैले हुलाकबाट भोट हालेका छन्।  पेन्सिलभेनिया, विस्कन्सिन र मिसिगनलगायत राज्यमा अन्तिम परिणाम आउन केही दिन लाग्न सक्छ।  यसअघि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा केही राज्यहरूले हुलाकबाट भोट हाल्ने अभ्यास गरेका थिए। त्यतिबेला त्यसरी गरिएको मतदानको मतगणना भएर अन्तिम नतिजा आउन औसतमा ६.४ दिन लागेको थियो।  फ्लोरिडाबाहेक अरू राज्यहरूमा मंगलबार मतदान सकिएपछिमात्र हुलाकबाट आएका मतको गणना सुरू गरिएको थियो। यसअघि हुलाकबाट भोट गन्न बाँकी हुँदा पनि इलेक्ट्रोनिक भोट गन्दा कसले जित्छ भने एउटा प्रष्ट तस्बिर देखिन्थ्यो। अमेरिकामा राष्ट्रपतिको चुनावको मतपरिणाम कति समयमा आइसक्नु पर्छ भन्नेमा  स्पष्ट कानुनी व्यवस्था छैन। तर जनवरी २० मा नयाँ राष्ट्रपतिले सपथ लिने दिन भएकाले त्यतिबेलासम्म भने राष्ट्रपति को हुने छिनोफानो गरिसक्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *