२०८१ वैशाख १२ गते | 24th of April 2024

भारतीय सेनाका प्रमुख नरवणेले गरे प्रधानमन्‍त्री केपी शर्मा ओलीसँग भेटवार्ता

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २१ गते १३:११

काठमाडौं – भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेले प्रधानमन्‍त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । तीनदिने नेपाल भ्रमणका लागि काठमाडौंमा रहेका नरवणे आज बिहान हिमाल अवलोकनका लागि सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे पुगेका थिए ।यसअघि हिजो (बिहीबार) नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिह्‌न लगाएका थिए ।

नेपाल-भारत दुवै मुलुकका सेना प्रमुखलाई एक-अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मै भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्‍न लगाइसकेका छन् ।यस्तै हिजो नरवणेले सैनिक मञ्‍च टुँडिखेलस्थित वीर स्मारकमा पुगेर सहिदप्रति श्रद्धाञ्‍जली अर्पण गरेका थिए । उनको नेपाल भ्रमणको आज अन्तिम दिन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *