२०८१ वैशाख १४ गते | 26th of April 2024

जो वाइडेन अमेरिकाको राष्ट्रपति हुने करिब निश्चित

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २२ गते १०:३९

अमेरिका – जो वाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुने करिब पक्का जस्तै  भएको छ । मत गणनाको परिणाम आउन बाँकी छ वटा राज्यमध्ये चारवटा राज्यमा उहाँले स्पष्ट बहुमतका साथ अग्रता हासिल गर्नुभएको छ  ।

राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये यसअघि नै २६४ प्राप्त गरिसक्नु भएका वाइडेनले जर्जिया, पेन्सिलभेनिया, एरिजोना र नेभाडामा  अग्रता लिनुभएको छ । यी चारवटै राज्यको मतगणना लगभग अन्तिममा पुगेको छ । यी चारवटा राज्यको कुल इलेक्टोरल मत ५३ छ । यी चार बाहेक दुईवटा राज्य नर्थ क्यारोलिना र हवाइमा पनि मतगणना सकिएको छैन । बाइडनले पेन्सिल्भानियामा २७,००० भन्दा धेरै मतले अग्रता हासिल गरेपछि  ह्वाइट हाउसको नजिक   पुगेको आकलन गरिएका छन ।

जो वाइडेनले अमेरिकी जनतालाई  सम्वोधनका क्रममा  विभाजित अमेरिकी राजनीतिलाई एक ठाउँमा ल्याउन आफूले भूमिका खेल्ने बताउँदै कोभिड, अर्थतन्त्र, जलवायु परिवर्तन र आप्रवासीको समस्यालाई प्राथमिकतामा राखेर पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्ने वचनवद्धता व्यक्त  गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *