२०८१ वैशाख ८ गते | 20th of April 2024

बाइडन बने ४६ औ राष्ट्रपति , कमला बनिन पहिलो महिला अमेरिकी उपराष्ट्रपति

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २३ गते ५:०४

वासिङ्गटिन डि.सी. – डेमोक्राटिक पार्टीका उम्मेद्वार जो बाइडनले अमेरिकाको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा विजय प्राप्त गरेका छन ।  पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो। उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्।

ट्रम्प पक्षले हार स्वीकार नगर्ने सङ्केत दिएको छ । विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने: “मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।”

“अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।” यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमा निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन्। “किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छ: उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन्,” लिखित विज्ञप्तिमा भनिएको छ। “सामान्य तथ्य के हो भने यो निर्वाचन अन्त्य भएको छैन।” निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण हो र यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण गरेका छैनन्। बाइडेनसँगै उपराष्ट्रपति पदमा उम्मेद्धारी दिनु भएकी डेमोक्राटिक पार्टिका कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित हुनु भएको छ । ७७ वर्षिय बाइडन , अमेरिकाको सबैभन्दा पाको उमेरका राष्ट्रपति हुनुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *