२०८१ वैशाख ८ गते | 20th of April 2024

सचिवालय बैठक बोलाउन ओलीलाई प्रचन्डको २ दिने अल्टिमेटम

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २५ गते १३:५०

काठमाडौं – नेकपाका सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईदिन कुर्ने निर्णय गरेका छन् । बहुमत सदस्यहरुको आज बसेको अनौपचारिक बैठकले २७ गते ओलीसहितको बैठक बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक बस्नु अगाडि आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेका थिए ।

उक्त छलफलमा २७ गते बैठक बोलाउन सहमति दिन आग्रह गर्दा ओलीले सहमति नदिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । “प्रचण्ड २७ गते बैठक बस्छ भनेर आउनु भएको छ । प्रधानमन्त्री बैठकमा आउनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । आउनु हुन्न भन्ने प्रश्न छैन” श्रष्ठले भने ।  वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई बैठकमा आउन आग्रह गरिएको जानकारी दिँदै सहभागि हुन जसरी पनि सहमत हुनुपर्ने बताए ।  यसअघि शनिबार सचिवालयका ५ सदस्य अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई पत्र बुझाएका थिए ।

सचिवालय बैठक बस्न दुई अध्यक्षको सहमति चाहिने पार्टीको विधानमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *