२०८१ वैशाख ८ गते | 20th of April 2024

लक्षण देखिएकाहरुलाई मात्रै नि:शुल्क परीक्षण र उपचार

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २६ गते १३:३२

काठमाडौं – कोरोना भाइरसका कुनै पनि लक्षण देखिएकाहरुलाई मात्रै नि:शुल्क परीक्षण र उपचार गरिने भएको छ । कोरोनाका लक्षण नदेखिएका व्यक्तिको परीक्षण र उपचार नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड १९) को उपचार निःशुल्क व्यवस्था गर्ने गरी निर्णय गरेको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मन्त्रिपरिषद्को निर्णयको स्पष्ट बेहोरा अझै नआइसकेको हुँदा मन्त्रालयले यसबारे अझै मातहतका अस्पतालहरूलाई जानकारी गराएको तर पत्राचार नगरिएको जानकारी दिए । उनले भने,“लक्षण नै नदेखिएका व्यक्तिको कोरोनाको परीक्षण र उपचार गरिँदैन ।”सरकारी अस्पतालका साथसाथै सरकारले सम्झौता गरेका मेडिकल कलेज  र निजी अस्पतालमा पनि लागु हुने सहप्रवक्ता डा. अधिकारी बताउँछन् । अझै मन्त्रालयमा मन्त्रिपरिषदको निर्णय आउँन बाँकि रहेकोले निर्णय आएपछि अस्पतालहरुलाई पत्र पठाएपछि निशुल्क उपचार लागु हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *