२०८१ वैशाख १४ गते | 26th of April 2024

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रभावित

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २६ गते १३:३७

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । कांग्रेसले बिहीबारका लागि निर्धारण गरेको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको हो । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको पनि बताए ।

केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकका लागि गरिएको कोरोना परीक्षणका क्रममा दुबै नेताको सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उपसभापति निधि र नेता सिटौला होम आइसोलेसनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *