२०८१ वैशाख १९ गते | 1st of May 2024

बामदेवलाई मन्त्री बन्न बाटो खुल्यो

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २६ गते १४:२९

काठमाडौं- सर्वोच्च अदालतलको संवैधानिक इजलासले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले सो आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो । उहाँले निवेदनमा माग भएको अन्तरिम आदेश जारी भएन अब मुद्दाको अन्तिम सुनुवाइले मात्र सो कुराको टुङगो लगाउने बताउनुभयो । उहाँको राष्ट्रियसभा सदस्य नियुक्ति हाल यथावत रहनेछ र उहाँलाई मन्त्री बनाउन बाटो खुला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *