२०८१ वैशाख १३ गते | 25th of April 2024

नेकपा सचिवालयको बैठक शुक्रबार अपराह्न बस्ने, रणनीति वनाउन प्रचण्डद्दारा छलफल

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २७ गते १३:४२

काठमाडौं –   अन्तत प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक वोलाउन सहमत भएपछि प्रचण्ड समुह बैठकमा प्रस्तुत हुने रणनीति बारे छलफलमा जुटेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार अपराह्न ४ बजे सचिवालयको बैठक बोलाएको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू खुमलटारमा अनौपचारिक बैठक बसेका छन् ।

अपराह्न बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम उपस्थित थिएनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरूलाई छुट्टाछुट्टै भेटेर भोलि कसरी प्रस्तुत हुने भनेर छलफल गरेको एक नेताले जानकारी दिए ।“सबै सामूहिकरूपमा बसेको होइन । अध्यक्ष कमरेडले सचिवालयका सदस्यहरूलाई छुट्टाछुट्टै भेट्नुभएको हो,” एक नेताले भने । अध्यक्ष प्रचण्डसँग छलफल गर्न वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहीबार अपराह्न खुमलटार पुगेका थिए । उपाध्यक्ष वामदेव गौतमलाई साँझ निम्त्याइएको ती सदस्यको जिकिर छ । त्यस्तै अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्यहरूसँग पनि छुट्टाछुट्टै परामर्श गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *