२०८१ वैशाख १५ गते | 27th of April 2024

नेकपामा चल्यो ‘पत्र–युद्ध’, ओली प्रचण्ड सबाल जबाफमा

खुल्लामन्च
 प्रकाशित: २०७७ कार्तिक २८ गते १४:३७

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुुई अध्यक्षबीचको कार्यविभाजनमा अर्का अध्यक्ष ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गरेको बताएका छन् ।ओलीलाई लेखेको दोस्रो पत्रमा उनले भनेका छन्, ‘दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्‍यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’

कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २५ गते प्रचण्डलाई पत्र लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *