२०८१ वैशाख २६ गते | 8th of May 2024

प्रस्ताव फिर्ता नगर्ने प्रचण्डको अडान

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर ८ गते १२:४४

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको बताएका छन् । पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए ।

भेटमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने र पार्टीमा देखिएका समस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूको जिकिर छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन कुरिरहेको पनि बताएका थिए । र, पार्टीको भाग्य र भविष्य त्यसैले निर्धारण गर्ने पनि उनको भनाइ रहेको नेताहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *