२०८१ वैशाख १२ गते | 24th of April 2024

“सरकारको लोकप्रियता देखेर आत्तिए “: प्रधानमन्त्री ओली

खुल्लामन्च
 प्रकाशित: २०७७ मंसिर ८ गते १३:१३

काठमाडौ –    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा गरेका छन । सोमवार ताप्लेजुङ  पुगेका ओलीले  वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको र यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे  ।

ताप्लेजुङको   फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्दै उनले  सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताउनुभयो ।  उनले  छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको  उल्लेख गर्दे    छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको  दाबी पनि गरे   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *